स्काउटको निर्वाचन नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

नेपालभ्युज

स्काउटको निर्वाचन नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको सरकारको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्वाचन कार्यतालिका बमोजिमको कार्यक्रम रोक्नु भनी पठाएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै युवा तथा खेलकुद मन्त्रालयको पत्र यथास्थितिमा राख्न आदेश दिएको छ ।

नेपाल स्काउटले स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन तय गरेको थियो । निर्वाचन सुरु हुनै लाग्दा प्रधानमन्त्री कार्यालयबाट गएको निर्देशनका आधारमा युवा मन्त्रालयले निर्वाचन रोक्न निर्देशन दिएपछि सर्वोच्च अदालतमा नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले रिट निवेदन दायर गरेका थिए । अदालतले यसबारे छलफलका लागि दुवै पक्षलाई यही माघ २५ गते बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved