राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयो : प्रधानमन्त्री सुनक

नेपालभ्युज

राजा चार्ल्स तृतीयको क्यान्सर चाँडै थाहा भयो :  प्रधानमन्त्री सुनक

लण्डन । आफ्नो शासनकालको १८ महिनामात्र पूरा गरेका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मंगलबार बताएका छन् ।

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित छन् भन्नेबारे निर्दिष्ट गरेको छैन । सार्वजनिक उपस्थितिबाट राजा पछि हटेका छन् तर आफ्ना अन्य आधिकारिक राज्य कर्तव्य जारी राख्नेछन् ।

राजा चार्ल्ससँग टाढा रहेका छोरा प्रिन्स ह्यारीले आफूले बुबासँग कुराकानी गरेको र चाँडै आएर भेट्ने बताएपछि उनको स्वास्थ्यलाभको कामनासहितका सन्देश प्रशस्त आएका छन् ।

“धन्यवाद, क्यान्सर चाँडै पत्ता लागेको छ र उहाँ पूर्णरूपमा निको हुनुहोस् र उहाँलाई आवश्यक उपचार प्राप्त होस् भन्ने सबैले चाहेका छन्”, प्रधानमन्त्री सुनकले बिबिसीलाई भने, “मलाई के लागेको छ भने हामी यस्तै अपेक्षा गरिरहेका छौँ र प्रार्थना गरिरहेका छौँ, म निश्चितरूपमा उहाँसँग नियमित सम्पर्कमा छु र सामान्यरूपमा उहाँसँग कुराकानी गरिरहने छु ।”

सन् २०२२ सेप्टेम्बर ८ मा आफ्नी आमा एलिजाबेथ द्वितीयाको मृत्युपछि राजा बनेका चार्ल्स पोलो र स्किइङको चोटहरूलाई छाडेर सामान्यरूपमा राम्रो स्वास्थ्य अवस्थामा रहको बताइएको छ ।

“यो सुनिरहेका मुलुकभरका परिवारहरूलाई उही कुराहरूले छोएको छ र उनीहरूलाई यसले सबैको अर्थ राख्छ भन्ने थाहा छ”, प्रधानमन्त्री सुनकले भने, “त्यसो भए उहाँका लागि तयार छौँ र हामी जतिसक्दो चाँडो यसबाट पार पाउनेछौँ भन्ने अपेक्षा छ ।”

चिकित्सकहरूले राजा चार्ल्सलाई कुनै पनि कार्यक्रम स्थगित गर्न सल्लाह दिएको तर उहाँले सधैँको जस्तो राज्यको व्यापार र आधिकारिक कागजी काम जारी राख्ने प्यालेसले जनाएको छ । प्यालेसले भनेको छ, “राजा पूर्णरूपमा सकारात्मक हुनुहुन्छ र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्किन उत्सुक हुनुहुन्छ ।”

यसैबीच आफ्ना पितालाई क्यान्सर भएको पत्ता लागेपछि चार्ल्सबाट टाढा रहेका छोरा प्रिन्स ह्यारी मङ्गलबार लन्डन पुगेका छन् । आफ्नी अभिनेत्री पत्नी मेघन र छोराछोरीसँग क्यालिफोर्निया बस्दै आएका ह्यारी शाही जीवन त्यागेदेखि आफ्नो सर्वाधिक बिक्री हुने पुस्तक ‘स्पेयर’ मा राजपरिवारमाथि आक्षेप लगाएपछि पारिवारिक द्वन्द्वमा छन् ।

द टेलिग्राफ र द सन अखबारले ह्यारी लसएन्जलसबाट रातभरको उडानमा हिथ्रो विमानस्थल पुगेको बताएका छन् । कथितरूपमा बकिङ्घम प्यालेसले चार्ल्सलाई क्यान्सर भएको सार्वजनिक गरेपछि २४ घन्टाभन्दा पनि कम समयमा ह्यारीको कारलाई प्रहरीको दुई कारका साथ विमानस्थलबाट बाहिर जाँदै गरेको देखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved