नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

नेपालभ्युज

नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं ।  नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ ।

ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए । “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भन्नुभयो, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”

अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्की लगायतका चिकित्सकको समूहले उनको उपचार गरिरहेका छन् ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved