काभ्रेबाट ठूलो परिमाणमा गाँजा बरामद, तीन जना पक्राउ

काभ्रेबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । अबैध गाँजा कारोबारमा संलग्न रहेका तीन जनालाई पनि काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालभ्युज

काभ्रेबाट ठूलो परिमाणमा गाँजा बरामद, तीन जना पक्राउ

बनेपा। काभ्रेबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । अबैध गाँजा कारोबारमा संलग्न रहेका तीन जनालाई पनि काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ ।

पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अबैध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सुरक्षा जाँचका क्रममा प्रहरीले विभिन्न साइजका ७३ बोरामा ल्याएको २८५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको गाडीमा सुरक्षा जाँचका क्रममा अप्रशोधित गाँजा प्लाष्टिकको बिभिन्न साइजको ७३ बोरामा प्याकिङ गरेर ल्याइएको अवस्थामा फेला परेका बताए ।

श्रेष्ठले चालक नुवाकोट बिदुर नगरपालिका –११ घर भइ हाल काठमाडौं बालाजु बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप नगरपालिका –८ घर भइ हाल काठमाडौं बालाजु बस्ने २० वर्षीय सञ्जिब तामाङ र ५३ वर्षीया बिमला तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । पक्राउ परेका तीनै जना र तिनले प्रयोग गरेको गाडी ईलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved