म्याद थपका लागि व्यापारी अरुण चौधरीसहित तीन जनालाई अदालत पेश गरिँदै

नेपालभ्युज

म्याद थपका लागि व्यापारी अरुण चौधरीसहित तीन जनालाई अदालत पेश गरिँदै

काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई सोमबार अदालत उपस्थित गराइँदैछ ।

काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका चौधरीसहितका व्यक्तिलाई म्याद थपका लागि अदालत पेश गरिन लागेको हो ।

जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनीहरुलाई पुनः म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

ब्युरोको टोलीले उनीहरूलाई माघ १८ गते पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved