शीर्षस्थानमा रहेको लिभरपुल पराजित

नेपालभ्युज

शीर्षस्थानमा रहेको लिभरपुल पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । लिगको शीर्षस्थानमा रहेको लिभरपुललाई दोस्रो स्थानमा रहेको आर्सनलले हराएको हो । गएराति भएको खेलमा आर्सनलले लिभरपुरलाई ३–१ गोलले हराएको हो ।

अंक तालिकामा लिभरपुल २३ खेलमा ५१ अंसहित शीर्ष स्थानमा कायम नै छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ । जितपछि आर्सनलले शीर्ष स्थानको दूरी भने घटाएको छ ।

यस्तै, हिजै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई ३–० को गोल अन्तरले हराएको छ । यो जितसँगै म्यान्चेस्टर युनाइटेड २३ खेलमा ३८ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ । वेस्ट ह्याम समान २३ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ ।

यसैगरी उल्भ्सले चेल्सीलाई ४–२ गोलले हराएको छ । चेल्सी २३ खेलमा ३१ अंकसहित ११ औँ स्थानमा छ । उल्भ्स समान खेलमा ३२ अंकसहित चेल्सीभन्दा एक स्थान माथि छ । बर्नमाउथ र नटिंघम फरेस्टले भने १–१ गोलको बराबरी खेलेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved