बिदा मागेर घर गएका प्रहरी जवान श्रीमती र छोराको हत्या गरेँ भन्दै आत्मसमर्पण गर्न आएपछि

नेपालभ्युज

बिदा मागेर घर गएका प्रहरी जवान श्रीमती र छोराको हत्या गरेँ भन्दै आत्मसमर्पण गर्न आएपछि
सांकेतिक तस्वीर।

घोराही। श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्तको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

विकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए ।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको डीएसपी मल्लले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved