आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

पुलिसले प्रतियोगिता अपराजित रहँदै उपाधि उचालेको छ। १८२ रनको लक्ष्य पुलिसले ३७.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो।

नेपालभ्युज

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं। नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिसले आर्मीलाई ६ विकेटले पराजित गरेको हो।

यससँगै पुलिसले प्रतियोगिता अपराजित रहँदै उपाधि उचालेको छ। १८२ रनको लक्ष्य पुलिसले ३७.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो।

पुलिसका लागि शंकर रानाले अर्धतशकीय पारी खेले । ४३ बलमा ५ चौका र ४ छक्का मद्दतमा उनले अविजित ६२ रन बनाएका थिए ।

अर्जुन साउदले ३६ र अमित श्रेष्ठले २८ रनको योगदान गरे। आरिफ शेख २७ रनमा अविजित रहे। आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शाहब आलम र बसिर अहमदले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको आर्मी १ बल अगाडी १८१ रनमा अलआउट भएको थियो । विवेक यादवले ६३, सोमपाल कामीले ३९, इम्रान शेखले २८ र कुशल मल्लले १७ रन बनाए ।

आर्मीलाई सस्तैमा प्याक गर्न पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved