नेता यादवको टोलीले भेट्यो भारतको लोकसभाका सभामुख

नेपालभ्युज

नेता यादवको टोलीले भेट्यो भारतको लोकसभाका सभामुख

नयाँदिल्ली । भारत भ्रमणमा रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डलले त्यहाँका लोकसभाका सभामुख ओम बिरलासँग भेट गरेको छ । बुधबार संसद् भवन कम्प्लेक्समा भेटवार्तामा द्विपक्षीय हितलगायतका विषयमा कुरा भएको हो ।

लोकसभा अध्यक्ष बिरलाले दुई राष्ट्रका संसदहरूबीच आपसी वार्ता हुनु अत्यन्त जरुरी रहेको बताए ।

बिरलाले थपे, “यसको माध्यमबाट हामी विश्वव्यापी र क्षेत्रीय मुद्दाहरूमा एकअर्कासँग हाम्रो विचार आदानप्रदान गर्नेछौँ । हामीबीच साझा दृष्टिकोण सिर्जना हुन्छ ।’’

उनले आफ्नो देशको संसदमा ‘एक राष्ट्र–एक विधायी मञ्च पहल’को सुरुआतजस्ता उत्पादकत्व वृद्धि गर्न संसदमा भइरहेका प्रयासहरूबारे प्रस्ट पारे ।

भेटमा बिरलाले नेपाललाई रणनीतिक साझेदारको संज्ञा दिँदै दुई देशबीचको लामो समयदेखि प्रगाढ रहेको सम्बन्ध समयसँगै थप मजबुत हुने विश्वास पनि व्यक्त गरे ।

बिरलाले नेपालबाट भारतको प्रतिनिधिमण्डललाई बधाई दिँदै दुई राष्ट्र छिमेकी राष्ट्र मात्र नभएर साझा इतिहास, संस्कृति र लोकतान्त्रिक सिद्धान्तका संरक्षक भएकोमा जोड दिएको लोकसभा सचिवालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटमा लोकसभा अध्यक्ष बिरलाले भारत र नेपालबीचको चिरस्थायी आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई प्रकाश पारेका थिए ।

बिरलाले दुई देशका जनताबीचको गहिरो भावनात्मक सम्बन्धले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएको टिप्पणी गरे ।

उनले भने, ‘‘नेपाल र भारतबीचको सम्बन्ध असाधारण छ । खुला सिमाना र जनता जनताबीचको निकटता र बारम्बार अन्तरक्रियाले सम्बन्धको झन् मजबुत बनिरहेको छ ।’’

भेटमा नेपालको सांसदको नेतृत्व गर्दै गएका राजकिशोर यादवले दुईदेशबीचको संसदीय अभ्यासका गतिविधिहरू आदानप्रदान गर्न पाउँदा खुशी लागेको बताए । साथै भारतको आर्थिक वृद्धिको प्रशंसा गर्दै यसआर्थिक यात्रामा सहयोगी साझेदार बन्न नेपाल इच्छुक रहेको बताए ।

नेपाल–भारतको भाषा, संस्कृति, वेशभूषासमेत एकजस्तो भएको तथा एकअर्काको सुख, दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरूको समेत निकै ठुलो योगदान रहेको स्मरण गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved