थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

नेपालभ्युज

थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

काठमाडौं। ललितपुरे क्लब थ्री स्टार २३औं आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको ललितपुरे डर्बीको सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो ।

थ्री स्टारका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेश घलेले निर्णायक गोल गरे । ६६औं मिनेटमा आदित्य शाक्यलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका दिपेशले ७८औं मिनेटमा थ्री स्टारका लागि गोल गरेका थिए ।

थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच बिहीबार हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल भने शनिबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved