उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन

नेपालभ्युज

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन

काठमाडौं । उच्च अदालत, पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघातका कारण निधन भएको छ ।

न्यायाधीश मरासिनीको मङ्गलबार बिहान कलङ्कीस्थित नेपाल नेश्नल अस्पतालमा निधन भएको हो ।

अदालतका प्रवक्ता तीर्थराज भट्टराईले भने, “म अस्पतालमै छु । डिक्लियर भइसक्यो । उहाँको निधन भयो, बडो दुखद् भयो ।”

६५ वर्षीय मरासिनी यही आइतबारदेखि मात्रै उच्च अदालत पाटनमा हाजिर भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved