शहीद स्मारक लैनचौरमा स्मृति सभा (तस्वीरसहित)

नेपालभ्युज

शहीद स्मारक लैनचौरमा स्मृति सभा (तस्वीरसहित)

काठमाडौं । मुलुकभर आज शहीद दिवस विभिन्न कार्यक्रम गरि राष्ट्रियरुपमा मनाइँदै छ । काठमाडौं महानगरले शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ ।

सप्ताहव्यपी मनाइने दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले लैनचौरमा पुगरे स्मृति सभा गरेको हो । स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शहीदको स्मरण गर्दै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरूले देखेको सपना र गरेको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रचण्डले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले क्रियाशील रहन आवश्यक रहेको बताए ।

महानगरले माघ १० गते शहीद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा कार्यक्रम गरेको थियो । त्यस्तै, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

विसं २०१२ सालदेखि तत्कालिन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा गरिदै आएको शहीद दिवसको कार्यक्रमलाई महानगरपालिकाले वर्षेनी निरन्तरता दिदै आएको छ ।

हेर्नुहोस् तस्वीरमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved