ललितपुरमा मृत भेटिएकी जर्मन महिलाको टाउकोमा चोट, अनुसन्धानमा तालिम प्राप्त कुकुर 

नेपालभ्युज

ललितपुरमा मृत भेटिएकी जर्मन महिलाको टाउकोमा चोट, अनुसन्धानमा तालिम प्राप्त कुकुर 
सांकेतिक तस्वीर।

काठमाडौं । ललितपुरमा मृत भेटिएकी जर्मन महिलाको टाउकोमा चोट रहेको देखिएको छ ।

उनी अन्दाजी ४५-५० वर्षकी एडिलहेड स्चेनेको रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । अनुसन्धानको लागि तालिम प्राप्त कुकुर घटनास्थलमा छ ।

उनी ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी थिइन् । त्यही उनी मृत फेला परेकी हुन् ।

महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए । उनी भुईँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा छ । अहिले फरेन्सिक टोली र तालिम प्राप्त कुकुरले अनुसन्धान गर्दैछ । उनी दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

ललितपुरको अपार्टमेन्टमा जर्मन महिला मृत फेला


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved