रत्नराज्य स्कुललाई ‘प्लस टु’चलाउन अनुमति दिने कोइरालालाई बालेनले गरे निलम्बन

नेपालभ्युज

रत्नराज्य स्कुललाई ‘प्लस टु’चलाउन अनुमति दिने कोइरालालाई बालेनले गरे निलम्बन

काठमाडौं । बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएको आरोपमा काठमाडौं महानगरपालिकाका शिक्षा शाखा प्रमुख सिताराम कोइराला निलम्बनमा परेका छन् ।

मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेपछि कोइरालालाई निलम्बन गरिएको हो । स्कुललाई प्लस टु चलाउन महानगरले अनुमति नदिए पनि कोइरालाले अनुमति भएको पत्र पठाएको बताइएको छ ।

‘समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेछ । निर्णय नै नभएको विषयमा निर्णय भएको भनेर उहाँले पत्र पठाउनु भएको पाइएपछि निलम्बनमा हुनुहुन्छ,’ काठमाडौं महानगरपालिका स्रोतले भन्यो ।

कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टुमा २२ जना विद्यार्थी भर्ना गरेर पढाउन थालेको छ । महानगरले कोइरालामाथि कारबाही थालेपछि उनले ‘किर्ते पत्र पठाएर दिएको अनुमति’ के हुने र अहिले अध्ययन गरिरहेका विद्यार्थीको भविष्य के हुने भन्ने प्रश्न खडा भएको छ ।

यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पनि कोइराला विवादमा परेका थिए । त्यसपछि उनी सरुवा भएर भरतपुर महानगर, बर्दिबास नगरपालिका हुँदै फेरि काठमाडौं महानगरको शिक्षा शाखामा फर्किएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved