मदिरा खाएर श्रीमतीको हत्या

नेपालभ्युज

मदिरा खाएर श्रीमतीको हत्या

काठमाडौं । दाङको तुलसीपुरमा एक व्यक्तिले फलामको रड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपमहागनरपालिका– ४ का ४३ बर्षीय पेण्डुवा चौधरीले घरायसी विवादका क्रममा ४२ वर्षीया पत्नी लक्ष्मी चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

मदिराले मातेको झोँकमा चौधरीले गएराति पत्नीलाई रडले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । चौधरीलाई प्रहरीले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

पण्डुले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे ।

तर सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि पण्डुले रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved