राष्ट्रिय गौरवका आयोजनाको छनोटमा पुनर्विचार गर्नुपर्छ : ऊर्जा मन्त्री बस्नेत

नेपालभ्युज

राष्ट्रिय गौरवका आयोजनाको छनोटमा पुनर्विचार गर्नुपर्छ : ऊर्जा मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरूको छनोटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय गौरवका आयोजना अघि बढ्न नसकिरहेका बेला ऊर्जा मन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजना छनोट गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।

शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरूको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूलाई सरुवा गर्ने कुनै मनसाय नरहेको बताएका छन् ।

‘राष्ट्रिय गौरवको आयोजनाहरूको छनोट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसंगमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ’, उनले भने ‘यसलाई समग्रमा नै फेरि एक पटक रिभ्यु गर्ने, छलफल गर्ने समय पनि आएको जस्तो लाग्छ ।’

उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved