१५ लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

नेपालभ्युज

१५ लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

काठमाडौं  ।  १५ लाख घुस रकमसहित काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले   वडाध्यक्ष  नृपेश बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार उनले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनी सँगै आएको बा ७ च १२९ न. को कार चालक पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved