तोलामा १२ सयले सस्तियो सुनको भाउ

नेपालभ्युज

तोलामा १२ सयले सस्तियो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा आज (बुधबार) सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले सस्तिएको हो ।

घटेको छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँको गिरावट आएर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved