नेप्से परिसूचक ५४.५४ अंकले बढ्यो, कारोबार रकम ८ अर्बमाथि

नेपालभ्युज

नेप्से परिसूचक ५४.५४ अंकले बढ्यो, कारोबार रकम ८ अर्बमाथि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उछाल आएको छ । आइतबार दोहोरो अंकले बढेको नेप्से हिजो बन्द रहेको थियो । आज मंगलबार सेयर बजार खुलेसँगै बढ्न थालेको नेप्से ५४ दशमलव ५४ अंकले माथि उक्लिएको हो ।

आज बढेको सेयर बजार परिसूचक २१७५ दशमलव १७ विन्दुमा पुगेर बन्द भएको छ । आज ३०४ कम्पनीको १ लाख ३३ हजार ६१ पटकको कारोबारमा २ करोड ३३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम ८ अर्ब २३ करोड ८६ लाख रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव २६ अंकले बढेर ३९७ दशमलव ४३ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved