चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छः मन्त्री बस्नेत

नेपालभ्युज

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छः मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले विद्युतीय सवारी सधानको चार्जिङ स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताएका हुन्।

उनले नेपाल विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेशनले मात्रै धान्न नसक्ने भन्दै थप स्टेशन बनाउनका लागि निजी क्षेत्रको सहभागिता आवश्यक पर्ने बताए ।  उनले चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रहरु आइरहेको भन्दै अझै निजी क्षेत्रलाई भित्र्याउनका लागि सरकारले वातावरण बनाउने बताए । उनले विद्युतिय सवारी साधनको प्रयोगका लागि राज्यले प्रोत्साहन गर्ने बताए ।

उनले राज्यले सबै कुराको ग्यारेन्टी गरेपछि मात्रै विद्युतीय सवारी साधनको प्रयोगमा जाने भन्ने कुरा गलत भएको भन्दै प्रयोग गर्दै आइपर्ने समस्याहरु समाधान गर्दै जानुपर्ने बताए ।

मन्त्री बस्नेतले विभिन्न प्रकृतिका चार्जिङ स्टेशनहरु आइरहेका भन्दै एउटै प्रकृतिको ल्याउनुपर्छ भन्न सरकारले नसक्ने बताए । जुन कुनै प्रकारको चार्जिङ स्टेशनमा पनि उपभोक्ताले सहज ढंगले चार्जिङ गर्नसक्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved