प्रधानमन्त्री कप पुरुष क्रिकेट:

गण्डकीमाथि लुम्बिनीको जित

नेपालभ्युज

गण्डकीमाथि लुम्बिनीको जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हासिल गरेको छ ।

सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको हो । ११२ रनको सामन्य लक्ष्य गण्डकीले २८ .२ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो । यसँगै लुम्बिनीले २ अंक जोडेको छ ।

लुम्बिनीका लागि मृनल गुरुङले ४७ र मोहम्मद हुसेनले २१ रन बनाए । गण्डकीका लागि भने विपिन खत्री र कमल परियारले ३-३ विकेट लिए । पहिले ब्याटिङ गरेको गण्डकी ३४.४ ओभरमा १११ रनमा अलआउट भयो । गण्डकीका लागि करण पँगेनीले २८ र कृष्ण ऐयर १९ रन बनाए ।

गण्डकीलाई सस्तैमा प्याक गर्न लुम्बिनीका अजय चौहानले ४, मोहम्मद हुसेन र अभिषेक गौतमले २–२ तथा कृष्ण र्काी र नर सार्कीले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved