पृथ्वीजयन्तीमा आयोजित राप्रपाको चियापानमा रविदेखि प्रचण्डसम्म

पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जलपान कार्यक्रममा विभिन्न दलका शीर्षस्थ नेताहरु सहभागी भएका छन् ।

नेपालभ्युज

पृथ्वीजयन्तीमा आयोजित राप्रपाको चियापानमा रविदेखि प्रचण्डसम्म

काठमाडौं । पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जलपान कार्यक्रममा विभिन्न दलका शीर्षस्थ नेताहरु सहभागी भएका छन् ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता, पूर्वप्रशासक, सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गरेका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण शाहको तस्वीरमा पुष्पहार अर्पण गरेका थिए ।

राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

राप्रपाले गरेको जलपान समारोहमा सर्वसाधारण र भीआईपीका लागि दुई थरी मेन्यु राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved