सत्ता गठबन्धन समन्वय समितिको पहिलो बैठक बस्दै

नेपालभ्युज

सत्ता गठबन्धन समन्वय समितिको पहिलो बैठक बस्दै
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको समन्वय समितिको पहिलो बैठक आज बस्दै छ ।

राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले हिजो ४ सदस्यीय समिति गठन गरेको थियो । समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका १९ जनालाई विजयी गराउन समन्वय गर्ने बताइएको छ ।

यहि अभियानलाई अघि बढाउने विषयमा समितिको बैठक बस्न लागेको समिति सदस्य मनिष सुमनले बताए । बैठक २ बजे सिंहदरवारमा बस्ने बताइएको छ ।

समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादीबाट वर्षमान पुन, नेकपा एसबाट राजेन्द्र पाण्डे र जसपाबाट मनिष सुमन छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved