रामबहादुर बम्जन : हत्या र बेपत्ता बनाएकाे आराेप

नेपालभ्युज

रामबहादुर बम्जन : हत्या र बेपत्ता बनाएकाे आराेप
तपस्या गर्न २०७१ सालमा सिन्धुपाल्चोक पुगेका तपस्वी बम्जन

काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जन मंगलबार पक्राउ परे ।  उनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले  खोजी गरिरहेको थियो ।

सिन्धुपाल्चोकको बाँडेगाउँस्थित टोड्केभीरमा रहेको आश्रममा एक अनुयायीको हत्यापछि दफन र तीन आनी बेपत्ता पारिएको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको थियो ।

आश्रममा केन्द्रीय प्रहरी ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको हो । छापा मार्नुअघि उनी फरार थिए ।

सिन्धुपाल्चोक आएका बेला अनुयायी सञ्चलाल वाइवाको हत्या गरेको आरोप उनीमाथि छ । सिन्धुपाल्चोक जिल्ला अदालतले बम्जनको आश्रम छापा मार्न प्रहरीलाई अनुमति दिएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी पुगेको थियो ।

सदरमुकामदेखि पाँच घण्टाको पैदल दूरीमा पर्ने ईन्द्रावती गाउँपालिकाकाे बाँडेगाउँस्थित टोड्केभीरमा उनी आश्रम बनाएर सहयोगीसहित बसेका थिए ।

बम्जनअर्का तत्कालीन सहयोगी तेजु तामाङ र स्थानीय अशोककुमार तामाङको नाममा रहेको करिब ९६ रोपनी जग्गामा आश्रय लिइरहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved