कर फर्स्यौट आयोगका पदाधिकारीविद्ध सर्वोच्च गयो अख्तियार

नेपालभ्युज

काठमाडौं । कर फर्स्यौट आयोगका तीन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । उक्त मुद्दामा विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि अख्तियार सर्वोच्च गएको हो ।

विशेष अदालतले हालसम्मकै ठूलो बिगो र जरिवाना सहितको फैसला सुनाउँदासमेत चित्त नबुझाएर अख्तियार सर्वोच्च अदालत गएको हो ।

अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र चुडामणि शर्मालाई कर फर्स्यौट आयोगमा रहेर काम गर्दा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दोषी ठहर गरेको थियो ।

उनीहरुमाथिको बिगो र जरिवाना थप बढाउनुपर्ने अख्तियारको दाबी छ ।

विशेष अदालतले उनीहरु हरेकलाई २ अर्ब ५ करोड २३ लाख बिगो अनि थप ४ अर्ब १० करोड रुपैयाँ तिराउनुपर्ने फैसला गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved