युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी

नेपालभ्युज

युक्रेनमा रूसी क्षेप्यास्त्र आक्रमण, देशव्यापी हवाई आक्रमणको चेतावनी

युक्रेन । रूसले युक्रेनविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्दा सोमबार बिहान युक्रेनका दर्जनौँ सहरमा विस्फोटको आवाज सुनिएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले बताएका छन् ।

युक्रेनको मध्य भागमा रहेको डेनिप्रो र क्राइभी रिह, पूर्वी शहर खार्किभ र दक्षिणी शहर जापोरिजियामा विस्फोट भएको युक्रेनी समाचार निकाय इन्टरफ्याक्सले जनाएको छ ।

पश्चिमी खमेल्निट्स्की क्षेत्रमा हवाई प्रतिरक्षा पनि सक्रिय भएको क्षेत्रीय प्रशासनले टेलिग्राममा जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार रूसले युक्रेनमा ११ टीयू–९५ बमवर्षक विमान र चार मिग–३१ लडाकू विमानमार्फत् आक्रमण गरेको थियो ।

युक्रेनका सैन्य अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले स्थानीय समयअनुसार बिहान छ बजेदेखि यूक्रेनको सम्पूर्ण भागमा हवाई आक्रमणको खतरा रहेको चेतावनी जारी गरिएको जनाएका छन् । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved