इयूलाई हवाई प्रतिबन्ध हटाउन राष्ट्रियसभा अध्यक्षको आग्रह

नेपालभ्युज

इयूलाई हवाई प्रतिबन्ध हटाउन राष्ट्रियसभा अध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युरोपिएन युनियन (इयु) ले लगाएको हवाई प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

उनीहरूबीच सोमबार सिंहदरबारमा भेट भएको हो । भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपाल माथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह हुन् ।

हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयुको सक्रिय सदस्य भएका कारण नेपाली बिमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउने कुरामा विश्वस्त रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved