उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि श्रेष्ठ र पन्त चुनावी मैदानमा

नेपालभ्युज

उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि श्रेष्ठ र पन्त चुनावी मैदानमा

भरतपुर । व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनको सरगर्मी बढेको छ । पुस २१ गते शनिबार र २३ गते सोमबार ५७ औँ साधारणसभा तथा अधिवेशन हुँदैछ । नयाँ नेतृत्वका लागि सुमनकुमार श्रेष्ठ र  शिरिष पन्तले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

अधिवेशनमा २ हजार ७ सय ९४ जना व्यवसायी मतदाताहरुले भोट हालेर नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदका प्रत्यासी सुमनकुमार श्रेष्ठले २९ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । उनले व्यावसायिक हितसँगै उद्यमी व्यवसायीमा देखिएको चरम निराशालाई आशामा परिणत गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा श्रेष्ठ प्यानलका अन्य उम्मेदवारहरुको पनि उपस्थिति रहेको थियो ।

हालको कार्यसमितिमा तृतीय उपाध्यक्ष रहेका शिरिष पन्तले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी ४३ वर्षका पन्त हार्डवेयर व्यवसायी हुन् । उद्योग वाणिज्य संघमा विगत ६ वर्षदेखि क्रियाशील पन्त संघको वस्तुगततर्फका संयोजकसमेत हुन् ।

व्यवसायीहरुका समस्या समाधानका लागि नेतृत्व तहमै पुगेर मात्रै पूरा काम गर्न सकिने भन्दै अध्यक्ष पदका प्रत्यासी पन्त यतिवेला चुनावी मैदानमा छन् । आफू सबैको साझा उम्मेदवार भएकोले विभिन्न गुट या उपगुटभन्दा सबैको साझा बनेर उभिएको उनी बताउँछन् ।

संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका चिरञ्जीवी सुवेदीले आफू संघमा रहँदा विभिन्न तह र तप्कामा बसेर नेतृत्व सम्हाल्दै यहाँसम्म आइपुगेको हुँदा यसपटक संस्थागत तालिकाअनुसार एक तह माथि उक्लिँदै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । चितवनका व्यवसायी र तिनका समस्याबारे आफू निकट रहेकै कारण समस्या समाधानको लागि जुनसुकै पहलकदमी चाल्न सकिने उनको दाबी छ ।

यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा राजन पियाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पिया वर्तमान कार्यसमितिको सदस्य हुन् । वाणिज्यतर्फका उपाध्यक्ष पदमा राजेन्द्र ओली र वस्तुगततर्फको उपाध्यक्ष पदमा नारायण प्रधानले उम्मेदवारी दिएका छन् । व्यावसायिक हकहितका लागि जुनसुकै समय र जुनसुकै तहमा रहेर पनि काम गर्न तयार रहेको हुँदा मतदाताले एकपटक संस्थापन नेतृत्वको समूहलाई जिताउनेमा आफू ढुक्क रहेको उपाध्यक्ष पदका उम्मेदवार ओलीले जिकिर गरे ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर वाणिज्यतर्फको उपाध्यक्ष बनिसकेका ओलीसँग अहिले स्वतन्त्र उम्मेदवार रजनी श्रेष्ठ मास्केले प्रतिस्पर्धा गर्दैछिन् । २०६८ सालदेखि अहिलेसम्म ६ पटक सदस्य पदमा रहेकी मास्केले उवासंघको माथिल्लो नेतृत्वमा महिलाहरू पुग्ने वातावरण अहिलेसम्म नभएकोले आफूले काम गर्न सक्ने योजनाका साथ उम्मेदवारी दिएको बताइन् ।

वस्तुगततर्फको उपाध्यक्ष पदमा प्रधानसँग स्वतन्त्र उम्मेदवारी दिएका जनक पौडेल भिड्दै छन् । कार्यसमिति सदस्य महिलातर्फ अस्मिता तिमिल्सिना र योगिता पियाबिच प्रतिस्पर्धा हुँदैछ । कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ मणिरत्न शाक्यको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध भएका छन् । कार्यसमिति सदस्य कर्पोरेटतर्फ अमित कौडेल र राजकुमार कानुबिच प्रतिस्पर्धा हुँदैछ । कार्यसमिति सदस्य उद्योगतर्फ ६ जनाको लागि १२ जना, वस्तुगततर्फ ४ जना (निर्विरोध) र वाणिज्यतर्फ ६ जनाको लागि ७ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यसैबीच, उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार अशोक अधिकारीका प्रतिद्वन्द्वीका रूपमा उम्मेदवारी दिएका थिरप्रसाद धितालले अधिकारीलाई नै समर्थन गर्ने बताएका छन् । धितालले संयुक्त पत्रकार सम्मेलनमा आफूले अशोक अधिकारीलाई समर्थन जनाउँदै निर्वाचनमा नजाने बताएका हुन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved