लागूऔषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोपमा नेपाल प्रहरीका सईविरुद्ध मुद्दा

नेपालभ्युज

काठमाडौं । नेपाल प्रहरीका सईविरुद्ध घुस लिएको आरोपमा मुद्दा दर्ता भएको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

उनीविरुद्ध लागूऔषधको मुद्दा मिलाइदिने भन्दै तीस हजार रुपैयाँ घुस लिएको आरोप छ । मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सुराकी आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार साई साउदले घुस लिइसकेपछि उनलाई पक्राउ गरिएको हो ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको हुँदा साउदलाई तीस हजार बिगो कायम गरी भ्रष्टाचार ऐन बमोजिम कैद र बिगो बमोजिम जरिवानाको माग दावी गरिएको छ । अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved