मोटरसाइकलले ठक्कर दिँदा हेटौंडामा एक प्रहरी जवानको मृत्यु, तीनजना घाइते

नेपालभ्युज

मोटरसाइकलले ठक्कर दिँदा हेटौंडामा एक प्रहरी जवानको मृत्यु, तीनजना घाइते

काठमाडौं । हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । दुई प्रहरी जवानसहित ३ जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको थाना भर्याङमा मोटरसाइकलले ठक्कर दिदा २५ वर्षिय विनोद एडीको मृत्यु भएको छ ।

डडेलधुरा जिल्ला आलिताल गाउँपालिका ६ घर भएका एडी आज विहान दोडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो । एडी बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत थिए ।

मोटरसाइकल समेत अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक ४१ वर्षिय लक्ष्मण लामा गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि चितवन लगिएको छ ।

दुर्घटनामा सोही गणमा कार्यरत अन्य दुई प्रहरी जवान घाइते भएका छन् । घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री भने सामान्य उपचार पछि गण फर्किएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved