अवतरणका क्रममा अर्को विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

नेपालभ्युज

अवतरणका क्रममा अर्को विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

काठमाडौं । जापानमा अवतरणका क्रममा एउटा विमानमा आगलागी भएको छ । मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको विमानमा आगलागी भएको हो ।

जेएएल ५१६ विमानमा आगलागी भएको जनाइएको छ ।

विमानमा ३७९ यात्रु र चालक दलका सदस्य थिए । उनीहरुलाई सकुसल निकालिएको छ ।

सार्वजनिक भएको तस्वीरमा विमान र धावनमार्गमा समेत आगो लागेको देखिन्छ । रोयटर्सका अनुसार अर्काे विमानसम्ग ठोक्किँदा विमानमा आगलागी भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved