नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा गएका एक युवकको मृत्यु

नेपालभ्युज

नेपाली सेनाको जागिर छाडेर रुसी सेनामा गएका एक युवकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका स्याङ्जाका अर्का एक युवकको मृत्यु भएको हो ।

रुसको तर्फबाट रुस–युक्रेन युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको हो ।

नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।

परराष्ट्र मन्त्रालयले अर्यालको मृत्यु भएको खबर आफन्तलाई दिएको हो ।

अर्याल करिब दुई महिनाअघि दुबई हुँदै रुस गएका थिए । उनको पुस १२ गते मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved