इपिएल: लिभरपुलसँग न्यूक्यासल ४ – २ ले पराजित

नेपालभ्युज

इपिएल: लिभरपुलसँग न्यूक्यासल ४ – २ ले पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा लिभरपुलले न्यूक्यासललाई ४–२ गोल अन्तरले हराएको छ ।

यो जितसँगै शीर्ष स्थानको लिभरपुलले तीन अंकको अग्रता बनाएको छ । लिभरपुलको २० खेलबाट ४५ अंक भएको छ ।

इंगल्याण्डमा भएको खेलमा लिभरपुलको जितको लागि मोहमद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले एक–एक गोल गरे । लिभरपुलसँग पराजित न्युक्यासलको भने २० खेलमा २९ अङ्क छ ।

लिगको दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलबाट ४२ अङ्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved