२०२३ मा हिरोबाट भिलेन बने बलिउडका यी कलाकार

नेपालभ्युज

२०२३ मा हिरोबाट भिलेन बने बलिउडका यी कलाकार

एजेन्सी । पहिले फिल्ममा हिरोको रोल वा सकारात्मक भूमिकामा मात्र देखिन चाहने कलाकार अब जस्तो सुकै अभिनय पनि गर्न तयार हुन थालेका छन् ।

यसरी नै बलिउडका केही कलाकार २०२३ मा हिरोबाट भिलेनमा परिणत भएका छन्। जसलाई दर्शकले पनि भिलेनको रुपमा एकदमै रुचाए । आज केही त्यस्ता कलाकारका बारेमा जानौं ।

बबी देओल

सन् २०२३ का चर्चित भिलेनको कुरा गर्ने हो भने पहिलो नाम बबी देओलको आउँछ । हालै रिलीज भएको फिल्म ‘एनिमल’ मा बबी देओल नकारात्मक भूमिकामा देखिएका छन् । जहाँ दर्शकले उनलाई एकदमै रुचाएका छन् । छिट्टै बबी देओल दक्षिण भारतीय फिल्म कंगुवामा पनि नकारात्मक भूमिकामा देखिनेछन् ।

इमरान हाशमी

इमरान हाशमीलाई सबैले सीरियल किसरका रुपमा चिन्छन् । उनी सकारात्मक भूमिकासँगै चुम्बनका लागि धेरै चर्चित छन् । तर २०२३ मा उनी पनि छुट्टै भूमिकामा देखिए । फिल्म ‘टाइगर ३’ मा उनले नकारात्मक भूमिका निर्वाह गरेका छन् । जसलाई पनि दर्शकले रुचाएका थिए ।

जोन अब्राहम

जोन अब्राहम पनि फिल्ममा सकारात्मक भूमिकामै देखिने अभिनेता हुन् । तर पठानमा जोन अब्राहम नकारात्मक भूमिकामा देखिए । यो फिल्ममा पनि जति शाहरुख खानको प्रसंशा भएको थियो त्यही रुपमा जोन अब्राहमको पनि भयो । यसबाट जोन अब्राहमले आफू कुनै पनि भूमिकामा फिट भएको सावित गरेका छन् ।

संजय दत्त

विगत केही वर्षदेखि संजय दत्तलाई नकारात्मक भूमिकामा मन पराइन थालिएको छ । अग्नीपथदेखि लिएर केजीएफ २ सम्ममा संजय दत्तले नकारात्मक भूमिकामा दर्शकको मन जितेका छन् । यसरी नै उनले २०२३ मा पनि दक्षिण भारतीय फिल्ममा नकारात्मक भूमिका निर्वाह गरेको देखिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved