बालकुमारी घटनामा भौतिकमन्त्रीसँगै श्रममन्त्रीमाथि पनि छानबिन गर्न संसदीय समितिको निर्देशन

संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीमाथि पनि छानबिन गर्न निर्देशन दिएको छ ।

नेपालभ्युज

बालकुमारी घटनामा भौतिकमन्त्रीसँगै श्रममन्त्रीमाथि पनि छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीमाथि पनि छानबिन गर्न निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले शुक्रबार प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको घटनमा दुईजना मन्त्रीमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले मृतकका परिवारलाई थप क्षतिपूर्ति दिन र रोजगारीको अवसर उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ।

समितिले घटनामा सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अरु उम्किने अवस्था नआओस् भन्दै सरकारलाई सचेत पनि गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved