ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुँदै

नेपालभ्युज

ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुँदै

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने भएको छ ।  शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरुमा झै यस वर्ष पनि नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा सडक महोत्सव गर्न लागिएको जानकारी दिएको हो । पौष १५ गते आईतवार साँझ साढे ५ बजे शुरु हुने महोत्सवको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए ।

उनले ठमेलको सबै क्षेत्रमा विभिन्न व्यवसायीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यको रुपमा परिचित गराउने अभियानमा जुट्न आग्रह गरे। उनले पर्यटकको सुरक्षाका लागि ठमेलका गल्लीमा सिसि क्यामेरा जडान गरिएको बताए । २४ सै घण्टा सामुहिक अनुगमन टोली चलाउने पनि उनले बताए ।

उनले भने, ‘हामीले विगतका वर्षमा झैँ अंग्रेजी वर्ष र नेपाली नयाँ वर्षमा सडक महोत्सव गर्दै आएका छौँ । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विगतमा झैँ भव्य तरिकाले ठमेल महोत्सव गर्दैछौँ । यसको कार्यक्रम उद्घाटन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का हुनुहुन्छ । विगतमा भन्दा फरक हुनेछ ।’

अध्यक्ष शर्माले गत वर्ष १ लाख ३० हजार स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षमा आगमन भएको र यस वर्षमा पनि एक लाख ८० हजार पर्यटक आउने अपेक्षा रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved