युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य

नेपालभ्युज

युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य

एजेन्सी । युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनको सम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

युरोपेली संसद्का सभामुख रुस्लान स्टेफानचुकलाई उद्धृत गर्दै युक्रेनी संस्थाले यस्तो खुलासा गरेको हो ।

आगामी मार्चसम्म युक्रेनी संसद्ले कानूनलाई युरोपेली सङ्घका कानूनसँग मिलान गर्न विधायी ढाँचामा काम गर्ने योजना बनाएको स्टेफानचुकले बताएका हुन् ।

उनका अनुसार विधायिकाको ढाँचामा ३५ खण्ड समावेश छन् । जुन युरोपेली सङ्घ एकीकरण तथा संसद्को लागि मार्गदर्शक बन्ने आशा व्यक्त गरिएको छ ।

“संसद्ले युक्रेनी सेनालाई नाटो मापदण्डको नजिक ल्याउने उद्देश्यले कानूनको अवलम्बनमा ध्यान दिनेछ,” स्टेफानचुकले भने ।

सन् २०२४ का लागि परिचालन प्रक्रिया तथा रुस–युक्रेन द्वन्द्वमा सहभागी सैन्य कर्मचारीसँग सम्बन्धित कानूनहरूमा काम गर्नु संसद्को प्राथमिकतामा रहेको छ ।

प्रधानमन्त्री डेनिस श्माइयालका अनुसार डिसेम्बर १४ मा युरेपेली सङ्घका नेताहरू युक्रेनसँग सदस्यता वार्ता गर्न सहमत भएका छन् । पूर्वी युरोपेली देशले सदस्यताको बाटोमा दुई हजार सात सय ३९ कानुनी कार्यहरू कार्यान्वयन गर्न आवश्यक छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved