बालकुमारी घटनाको विरोधमा विद्यार्थीको राँके जुलुस (तस्वीरहरू)

रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका दुई विद्यार्थीको निधन भएसँगै विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका छन् ।

नेपालभ्युज

बालकुमारी घटनाको विरोधमा विद्यार्थीको राँके जुलुस (तस्वीरहरू)

काठमाडौं । रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका दुई विद्यार्थीको निधन भएसँगै विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका छन् ।

शुक्रबार काठमाडौंको बालकुमारीमा इपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई विद्यार्थीको निधन भएसँगै उनीहरूले प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा प्रहरीसँग झडप हुँदा दैलेख घर भएका २३ वर्षीय सुजन राउत र डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएका छन् । सोही प्रकरणमा शुक्रबार साँझ अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

अमृत साइन्स क्याम्पसलगायतका विद्यार्थीहरू आन्दाेलित भएका हुन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । विद्यार्थीहरू ज्यान मार्न पाइँदैन जस्ता नारा बाेकेर सडकमा उत्रिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved