सुनको भाउमा कीर्तिमान, तोलाकै एक लाख २२ हजार

नेपालभ्युज

सुनको भाउमा कीर्तिमान, तोलाकै एक लाख २२ हजार

काठमाडौं। छापावाल सुनको भाउ तोलाकै १ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

बुधबारको तुलनामा बिहीबार एक हजार तीन सय रुपैयाँले बढेर छापावाला सुन तोलाको १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो। बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो ।

यसअघि १८ मंसिरमा १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो । बिहीबार यसलाई पनि तोडेको हो ।

बिहीबार तेजावी सुनको भाउ १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको छ । यो प्रति तोला एक हजार तीन सय रुपैयाँले नै बढेको छ।

चाँदी एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved