एक सय सात वर्षीय घिमिरे नगर पिता घोषित

नेपालभ्युज

एक सय सात वर्षीय घिमिरे नगर पिता घोषित

दमक । दमक नगरपालिकाले दमक–१ का एक सय सात वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।

तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का एक सय छ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की एक सय छ वर्षीया नरमाया सोराली, दमक–१० की एक सय पाँच वर्षीया नर्वदा खनाल, दमक–७ की एक सय पाँच वर्षीया मीनादेवी कार्की र दमक–१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।

नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताए। उनिहरूलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँलगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नगर प्रमुख थापाका अनुसार नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ र अपाङ्गता भएकालाई घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले तीन/तीन महिनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारीलगायत सामाजिक, राजनीतिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved