नेपाल प्रहरीका सई घिमिरे मृत अवस्थामा भेटिए

नेपालभ्युज

नेपाल प्रहरीका सई घिमिरे मृत अवस्थामा भेटिए
सांकेतिक तस्वीर।

काठमाडौं । भक्तपुरमा नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नं. गण नक्सालमा दरबन्दी भई कार्यरत रहेका बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरमा प्रहरी निरीक्षक किशोर ढुंगानाकाअनुसार घिमिरे सिपाडोल टौखेलस्थित आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक कार्य गरिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved