जेसीबी पल्टिँदा चालकका सहयोगीको घटनास्थलमै मृत्यु

नेपालभ्युज

जेसीबी पल्टिँदा चालकका सहयोगीको घटनास्थलमै मृत्यु

काठमाडौं । सल्यानमा सडक निर्माण गर्ने क्रममा जेसिबी पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका –३ स्यालागैरामा सडक निर्माण गर्दै गरेको रा १ क ८५९ नम्बरको जेसिबी दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा २३ वर्षीय चालकका सहयोगी दाङको गढवा गाउँपालिका– ५ का दीपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

चालकले भने हाम फालेर ज्यान जोगाएका थिए । चौधरीलाई पल्टिएको जेसीबीले च्यापेको थियो ।

सडक निर्माणका क्रममा अनियन्त्रित हुँदा सडकबाट खसेको हो । सडकबाट जेसीबी करिब १० मिटर तल पुगेको छ ।

जेसिबीचालक बागचौर नगरपालिका – २ का २२ वर्षिय दिपक डाँगीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved