अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गर्‍यो

नेपालभ्युज

अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गर्‍यो

सांघाई । अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ ।

त्यस्तै, ६ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चार माध्यमले शुक्रबार उल्लेख गरेका छन्।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ । सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ ।

प्रहरीले ‘प्रहरी, महामारी, खतरा र प्रकोप जसाता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने जस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको’ राज्य प्रसारक सीसीटीभीले शुक्रबार उल्लेख गरेको छ ।

‘अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानून बमोजिम कारबाही गरेको छ ।

साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि सीसीटीभीले जनाएको छ । यसै बीच सीसीटीभीले अप्रिलमा ‘क्लिन नेट’ अभियान शुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका विषयमा ५०० भन्दा बढी सामाजिक खाताहरू बन्द गरेको बताएको छ।

प्रहरीले सन् २०२४ लाई ‘अनलाइन अफवाह विरुद्ध लड्न विशेष कार्यको वर्ष’ को रूपमा तोकेको छ र त्यही अनुसार कारबाही प्रक्रियलाई तीव्र पारेको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved