राजेश हमाल भन्छन् : मान्छेका लागि सबैभन्दा रुचिको विषय अर्को मान्छे हो

नेपालभ्युज

राजेश हमाल भन्छन् : मान्छेका लागि सबैभन्दा रुचिको विषय अर्को मान्छे हो

काठमाडौं । महानायक राजेश हमालले एउटा मानिसको लागि सबैभन्दा रुचिको विषय अर्को मानिस भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक मानिसले आफ्नोभन्दा अर्को मानिसले गरेका क्रियाकलापहरुमा बढी चासो दिने बताएका हुन् ।

हरेक मानिसले अर्को मानिसलाई केन्द्रबिन्दुमा राखेर आफ्ना क्रियाकलाप र कामहरु गर्ने उनको भनाइ छ ।

‘एउटा मानिसको सबैभन्दा रुचिको विषय अर्को मानिस हो । अन्य क्रियाकलाप जुन हामी गरिरहेका छौँ, किनभन्दा त्यहाँ अर्को मानिस छ’, उनले भने, ‘त्यसकारण हाम्रो केन्द्रबिन्दुमा आउने भनेको अर्को व्यक्ति हो । समाज हो ।’

महानायक हमालले हरेक व्यक्तिको अभिव्यक्ति भावनाको प्रस्फुटन भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved