सेनाको हेलिकोप्टर चढेर मन्त्रीसहितको टोली अनुगमनमा निस्कियो

नेपालभ्युज

सेनाको हेलिकोप्टर चढेर मन्त्रीसहितको टोली अनुगमनमा निस्कियो
तस्बिर: सामाजिक सञ्जाल

काठमाडौं । नेपाली सेनाले बनाउदै गरेको तिंकर सडकको स्थलगत अनुगमनका लागि मन्त्रीसहितको टोली हेलिकोप्टर चढेर दार्चुला पुगेको छ । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहितको टोली सेनाको हेलिकोप्टर लिएर निरिक्षणमा हिडेको हो ।

तुसारपानी–कोठाधार–तिंकर सडकखण्डमा भइरहेको कार्य प्रगतिको स्थलगत अनुगमन गर्न भन्दै मन्त्री ज्वालासहित सांसद दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार सचिव केशव शर्मा, नेपाली सेनाका सहायक रथी विकास पोखरेललगायतको टोली दार्चुला गएको हो ।

टोलीले सेनाले निर्माण गरिरहेको सडक अनुगमन गर्ने बताइएको छ । प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाद्वारा निर्माण भइरहेका परियोजनालाई समयमै निर्माण सम्पन्न गर्नका लागि अन्तरमन्त्रालय समन्वय गर्न सरकारलाई निर्देशन दिएको थियो ।

समितिको बैठक लगत्तै मन्त्रीसहितको टोली अनुगमनमा निस्किएको हो । सरकारले दार्चुलाको ‘तुसारपानी–कोठेधार–टिकर’ सडकखण्डलाई राष्ट्रिय महत्वको आयोजनाका रुपमा राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved