निगमको गत तीन वर्षको आम्दानीमा ११४ प्रतिशतले वृद्धि

नेपालभ्युज

निगमको गत तीन वर्षको आम्दानीमा ११४ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो ।

आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।

विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved