अब हुलाकी राजमार्गकेन्द्रित यात्राको तयारीमा एमाले

नेपालभ्युज

अब हुलाकी राजमार्गकेन्द्रित यात्राको तयारीमा एमाले

काठमाडौं । हालसालै मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सकेको नेकपा एमालेले अब हुलाकी राजमार्गकेन्द्रित यात्रा गर्ने जनाएको छ ।

मंगलबार विराटनगरमा नेकपा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उक्त योजनाबारे जानकारी दिएका हुन् ।

‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं’, उनले भने, ‘अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’

उनले हुलाकी राजमार्गकेन्द्रित यात्राको मिति भने खुलाएनन् ।

नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved