एनएसएलमा १-१ को बराबरी खेल्दै काठमाडौं र धनगढीले अंक बाँडे

नेपालभ्युज

एनएसएलमा १-१ को बराबरी खेल्दै काठमाडौं र धनगढीले अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज काठमाडौं रेजर्स र धनगढी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा बेलुका भएको खेलमा गत वर्षका विजेता र उपविजेता टोलीले १-१ गोलको बराबरी खेलेका हुन् ।

१५औं मिनेटमा धनगढीले अग्रता लिएको थियो । उसका अहमद हिजाजीले गोल गरे । लगत्तै काठमाडौंले बराबरीको मौका गुमाएको थियो ।

तर, ६६ औं मिनेटमा भने काठमाडौंले गोल फर्कायो । तोजीदिनोभको क्रसमा किंगे ओलिभरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

धनगढी अहिलेसम्म अपराजित छ । ६ खेलमा १२ अंक जोडेको धनगढी शीर्ष स्थानमा छ भने ५ खेलमा ९ अंक जोडेको काठमाडौं चौथो स्थानमा यथावत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved