अम्बानीको विलासी कार : आँखा झम्काउँदा फेरिन्छ रंग

नेपालभ्युज

अम्बानीको विलासी कार : आँखा झम्काउँदा फेरिन्छ रंग

एजेन्सी । के तपाईंले त्यस्तो कार देख्नुभएको छ जो सडकमा गुडिरहेको बेला आफ्नो रंग परिवर्तन गर्छ । जस्तै कुनै हरियो रंगको गाडी हेर्दा हेर्दै बैजनी रंग भएको देख्नुभएको छ ?

एक अनलाइनमा प्रकाशित समाचारअनुसार भारतका उद्योगपति तथा खरबपति मुकेश अम्बानीको कारले हिँड्दा हिँड्दै रंग परिवर्तन गर्दछ । रिलायन्स कम्पनीका अध्यक्ष तथा भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका धेरै कार छन् ।

सन् २०२१ मा उनले नयाँ Bentley Bentayga एसयूवी कार खरिद गरेका थिए जो उनको कम्पनीको नामबाट दर्ता छ । यो भारतकै सबैभन्दा महंगो र विलासी कार पनि हो ।

सामाजिक सञ्जालमा अम्बानीको यस विलासी कारको भिडियो भाइरल भइरहेको छ । जसमा देख्न सकिन्छ कार हरियो रंगबाट अचानक बैंजनी रंगको हुन्छ । यो कार आफ्ना विभिन्न फिचर्स तथा सुविधाका लागि चिनिन्छ । यसको मूल्य भारतीय बजारमा पाँच करोड रुपैयाँदेखि ७ करोडसम्म पर्दछ ।

खासगरी यसको रंग परिवर्तन हुनुको पछाडि स्कीम हो । यो कारमा जसरी जुन प्रकारको रंग लगाइएको छ त्यसलाई हरेक कोणबाट फरक देख्न सकिन्छ । अर्थात जब कार अगाडिबाट आउँछ यो हरियो रंग देखिन्छ भने जसरी कारको हेर्ने कोण परिवर्तन हुँदै जान्छ यसको रंग फेरिन थाल्छ ।

यो विलासी कारमा पेट्रोल इन्जिन छ । यसको एउटा मोडलमा ३९९३ सीसी र अर्कोमा ३९५६ सीसीको पेट्रोल इन्जिन पाइन्छ । यसका कुल पाँच प्रकारका मोडल बजारमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved