केपीको जन्मथलो पुगेर पृथ्वीसुब्बाले भने–राजतन्त्र र नयाँ दलप्रति जनता आकर्षित छैनन्

नेपालभ्युज

केपीको जन्मथलो पुगेर पृथ्वीसुब्बाले भने–राजतन्त्र र नयाँ दलप्रति जनता आकर्षित छैनन्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिका पुगेका उनले यस्तो बताएका हुन् ।

एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताए । उनले एमाले पुरानो पार्टी भयो भन्नेलाई यात्राबाटै जनताले जवाफ दिएको भनाइ राखे ।

एमाले पहिचानविरोधी होइन, एमाले पहिचानविरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यो । समानुपातिक समावेशी भनेर राखेका छौँ ।’ उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved